जन्म र मृत्यु दर्ता प्रमाणपत्र (जन्म तथा मृत्युसम्बन्धी तथ्याङ्क)

जन्म वा मृत्यु दर्ता प्रमाणपत्र निकाल्ने तरिका ।

जन्म र मृत्यु दर्ता प्रमाणपत्र (जन्म तथा मृत्युसम्बन्धी तथ्याङ्क)

यस कार्यक्रमले जन्म वा मृत्यु दर्ता प्रमाणपत्र प्राप्त गर्न सेवाहरू प्रदान गर्दछ । यसले प्रमाणपत्रहरू अद्यावधिक गर्ने सेवा पनि प्रदान गर्दछ ।

कार्यक्रमसम्बन्धी जानकारी

Columbus Public Health Office of Vital Statistics (कोलम्बस जनस्वास्थ्य जन्म तथा मृत्युसम्बन्धी तथ्याङ्क राख्ने कार्यालय):

  • 1908 देखि हालसम्म जन्म दर्ता प्रमाणपत्रहरू (ओहायोमा मात्र हुने) र मृत्यु दर्ता प्रमाणपत्रहरू (फ्राङ्क्लिन काउन्टी, ओहायोमा मात्र हुने) का प्रमाणित प्रतिलिपिहरू दिँदै आएको छ ।
  • फ्र्याङ्क्लिन काउन्टीमा हुने सबै जन्म, मृत्यु र भ्रुण मृत्युहरू दर्ता गर्दछ ।
  • शव गाड्ने अनुमति दिन्छ ।
  • एकल आमा/बाबुलाई “पितृत्व शपथपत्रको स्वीकृति” भर्न मद्दत गर्दछ ।
  • फ्र्याङ्क्लिन काउन्टीमा जारी गरिएका जन्म र मृत्यु दर्ता प्रमाणपत्रहरू सच्याउन मद्दत गर्दछ ।

कार्यालय सोमबारदेखि शुक्रबारसम्म बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म खुल्छ । सप्ताहन्त, आधिकारिक बिदा र पोस्टमार्फत जानकारी गराइएको अन्य समयमा कार्यालय बन्द हुन्छ ।

पत्राचार ठेगाना
Office of Vital Statistics
Columbus Public Health
240 Parsons Ave
Columbus, Ohio 43215

जन्म वा मृत्यु दर्ता प्रमाणपत्र प्राप्त गर्ने तरिका

जन्म दर्ता प्रमाणपत्र

  • कार्यालयले सन् 1908 देखि हालसम्म ओहायोमा भएका जन्मको मात्र प्रमाणपत्र जारी गर्छ ।
  • यदि तपाईंलाई ओहायोमा 1867 देखि डिसेम्बर 20, 1908 सम्मको जन्म अभिलेख चाहिन्छ भने कृपया जन्म भएको काउन्टीको प्रोबेट कोर्टमा सम्पर्क गर्नुहोस् ।
  • 1908 भन्दा पहिलेको जन्मसँग सम्बन्धित विवरण ओहायो राज्यको रेकर्ड प्रणालीभित्र उपलब्ध छैन ।
  • ओहायो राज्य बाहिर जन्मेका व्यक्तिको हकमा कृपया जुन राज्यमा जन्म भएको हो सोही राज्यमा सम्पर्क गर्नुहोस् ।  ओहायो बाहिरका स्थानहरू खोज्नुहोस् ।

नयाँ जन्म दर्ता प्रमाणपत्र

    • नयाँ जन्मेका बच्चाका लागि प्रमाणपत्रहरू सामान्यतया जन्मेको 8-10 हप्ता (56-70 दिन) पछि उपलब्ध हुन्छन् ।
    • Office of Vital Statistics (जन्म तथा मृत्युसम्बन्धी तथ्याङ्क राख्ने कार्यालय) जानकारी उपलब्ध भएपछि साधारणतया बिदाबाहेकका 7 देखि 10 दिनभित्र अर्डरहरूको प्रक्रिया गर्दछ ।
    • यदि तपाईंले आवेदन पेस गर्दा प्रमाणपत्र उपलब्ध छैन भने उपलब्ध भएपछि तपाईंलाई US पोस्टल सर्भिस मार्फत प्रमाणपत्र पठाइने
      छ ।

मृत्यु दर्ता प्रमाणपत्र

  • यो कार्यालयले फ्र्याङ्क्लिन काउन्टी, ओहायोमा सन् 1908 देखि हालसम्म मृत्यु भएका व्यक्तिका लागि मात्र प्रमाणपत्र जारी गर्दछ ।
  • ओहायोमा 1867 देखि डिसेम्बर 20, 1908 सम्मको मृत्युसम्बन्धी अभिलेख चाहिन्छ भने कृपया मृत्यु भएको काउन्टीको प्रोबेट कोर्टमा सम्पर्क गर्नुहोस् ।
  • 1908 भन्दा पहिलेको मृत्युसँग सम्बन्धित विवरण ओहायो राज्यको रेकर्ड प्रणालीभित्र उपलब्ध छैन ।
  • ओहायो राज्य बाहिर मृत्यु भएका मान्छेहरूको हकमा, कृपया जुन राज्यमा मृत्यु भएको हो सोही राज्यमा सम्पर्क गर्नुहोस् । अन्य राज्यका स्थानहरू हेर्नुहोस् ।
  • फ्र्याङ्क्लिन काउन्टी बाहिर तर ओहायोभित्र मृत्यु भएका व्यक्तिको हकमा, मृत्यु भएको काउन्टीको महत्त्वपूर्ण तथ्याङ्क कार्यालय वा ओहायो स्वास्थ्य विभागमा सम्पर्क गर्नुहोस् ।

खर्च

  • प्रत्येक जन्म वा मृत्यु दर्ता प्रमाणपत्र बनाउन $25.00 लाग्छ । प्रमाणित प्रतिलिपिहरू मात्र उपलब्ध हुन्छन् ।
  • अनलाइन अर्डर गर्दा, थप $9.95 शुल्क लाग्छ । थप जानकारीका लागि ‘अनलाइन अर्डर गर्नुहोस्’ हेर्नुहोस् ।

भुक्तानी

    • जन्म वा मृत्यु दर्ता प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपिका लागि तपाईंले प्रमाणपत्रहरू प्राप्त गर्नुअघि हाम्रो क्यासियरको कार्यालयमा भुक्तानी गर्नुपर्ने हुन्छ ।
    • क्यासियरको कार्यालयले नगद, व्यक्तिगत चेक, प्रमाणित चेक, मनी अर्डर वा डेबिट वा क्रेडिट कार्डहरू (भिसा [Visa], मास्टरकार्ड [MasterCard] वा डिस्कभर कार्ड [Discover Card] मात्र) स्वीकार गर्दछ ।
    • सबै भुक्तानीहरू हामीले प्राप्त गरेको 24 घण्टाभित्र प्रक्रिया गरिन्छ ।
    • स्टार्टर चेकहरू स्वीकार गरिने छैन ।

आवेदन फाराम

प्रमाणपत्र कसरी प्राप्त गर्ने

उही दिनमा आएर प्रमाणपत्र लैजान सकिने सेवा

  • जन्म वा मृत्यु दर्ता प्रमाणपत्र अनुरोध गर्न Columbus Public Health (कोलम्बस जनस्वास्थ्य) कार्यालय (240 Parsons Ave) मा जान सक्नुहुन्छ ।
  • द्रुत सेवाका लागि
    • माथिको लिङ्कबाट आवेदन छाप्नुहोस् र भर्नुहोस् र यसलाई Columbus Public Health, Office of Vital Statistics मा हुलाकबाट पठाउनुहोस् ।

हुलाकमार्फत अर्डर गर्ने तरिका

  • यदि तपाईंले हुलाकबाट पठाएको आवेदन प्राप्त भएको समयमा प्रमाणपत्र उपलब्ध छैन भने, उपलब्ध हुँदा प्रमाणपत्र US पोस्टल सर्भिस मार्फत पठाइने छ ।
  • अर्डर
    • माथिको आवेदन फाराम छाप्नुहोस् र भर्नुहोस् ।
    • भरेको आवेदन फाराम र भुक्तानी विवरण हुलाकमार्फत निम्न ठेगानामा पठाउनुहोस्:
      • Office of Vital Statistics
        Columbus Public Health
        240 Parsons Ave.
        Columbus, Ohio 43215

हुलाकमार्फत भुक्तानी

  • यदि तपाईं हुलाकमार्फत आवेदन दिँदै गर्दै हुनुहुन्छ भने नगद, व्यक्तिगत चेक, प्रमाणित चेक र मनी अर्डरहरू प्रमाणपत्रका लागि भुक्तान गर्ने उत्तम तरिकाहरू हुन् ।
  • VitalChek (निजी, नाफामूलक कम्पनीका लागि) मार्फत अनलाइन अर्डर गर्दा बाहेक, हुलाकमार्फत गरिने आवेदनहरूका लागि डेबिट वा क्रेडिट कार्ड भुक्तानी उपलब्ध छैन ।
  • हाम्रो कार्यालयमा आवेदन र भुक्तानी प्राप्त भइसकेपछि र भुक्तानी क्लियर भइसकेपछि, महत्त्वपूर्ण तथ्याङ्क कार्यालयले तपाईंको अर्डर US पोस्टल सर्भिस मार्फत पठाउने छ । यदि विवरण ओहायो राज्यको रेकर्ड प्रणालीमा उपलब्ध भएमा यो प्रक्रियाका लागि सामान्यतया बिदाबाहेकका 7 देखि 10 दिन लाग्छ ।

यदि तपाईंको प्रमाणपत्र आइपुगेन भने

  • यदि तपाईंले 14 दिनअघि नै आवेदन पठाएर भुक्तानी गर्नुभयो थियो र तपाईंले आफ्नो अर्डर अझै प्राप्त गर्नुभएको छैन वा तपाईंको भुक्तानी क्लियर भएको छैन भने, कृपया निम्न ठेगानामा महत्त्वपूर्ण तथ्याङ्क कार्यालयमा सम्पर्क गर्नुहोस्: VS@columbus.gov वा 614-645-7331 ।

हामीलाई कल वा इमेल गर्नुअघि…

कृपया यो विवरण आफ्नो इमेलमा पठाउनुहोस् वा कल गर्दा तयार पारेर राख्नुहोस्:

  1. अनुरोध गरिएको प्रमाणपत्र(हरू) मा उलेल्ख गरिएको नाम
  2. घटनाको मिति (जन्म वा मृत्यु)
  3. आमाको बिचको नाम (जन्म दर्ता प्रमाणपत्रका लागि मात्र)
  4. बुबाको नाम (जन्म दर्ता प्रमाणपत्रका लागि मात्र)
  5. आवेदन जन्म तथा मृत्युसम्बन्धी तथ्याङ्क राख्ने कार्यालयमा पठाइएको अनुमानित मिति
  6. अर्डर गरिएका प्रतिलिपिहरूको संख्या र रकम र भुक्तानी विधि
  7. तपाईंको नाम, पत्राचार ठेगाना र टेलिफोन नम्बर ।
  8. तपाईंको इमेल ठेगाना (ऐच्छिक)

कृपया याद गर्नुहोस्, नवजात जन्महरू ओहायो राज्यको रेकर्ड प्रणालीमा अपलोड नभएसम्म ढिलाइ हुन सक्छ ।

प्रमाणपत्रहरू सच्याउनका लागि

कृपया जन्म दर्ता प्रमाणपत्रमा त्रुटि कसरी सच्याउने भन्ने बारेमा जानकारी प्राप्त गर्नका लागि Vital Statistics को नम्बर (614) 645-7331 मा कल गर्नुहोस् ।

जन्म प्रमाणपत्रमा बुबाको नाम थप्ने

  • जन्म दर्ता प्रमाणपत्रमा बुबाको नाम थप्न चाहने एकल, अविवाहित आमाहरूले “पितृत्व शपथपत्रको स्वीकृति” फाराम भर्नु पर्छ । यो फाराम कुनै पनि अस्पताल, बाल सहायता प्रवर्तन एजेन्सी वा स्थानीय महत्त्वपूर्ण तथ्याङ्क कार्यालयबाट प्राप्त गर्न सकिन्छ ।
  • बच्चाको प्राकृतिक बुबा र आमा दुवैले यो फाराममा हस्ताक्षर गर्नुपर्ने हुन्छ । यस फाराममा दुवै आमाबाबुले एकै पटक वा फरक-फरक समयमा हस्ताक्षर गर्न सक्छन् । तर हस्ताक्षर गर्दा प्रत्येक हस्ताक्षर नोटराइज (प्रमाणित) गरिनुपर्दछ ।
  • जन्म दर्ता प्रमाणपत्रमा बुबाको नाम थप्न “पितृत्व शपथपत्र” फाराम प्राप्त भएर स्वीकृत भएपछि लगभग नब्बे (90) दिन लाग्छ ।
  • नयाँ प्रमाणपत्र फाइलमा नभएसम्म महत्त्वपूर्ण तथ्याङ्क कार्यालयमा जन्म दर्ता प्रमाणपत्रहरू फिर्ता नगर्नुहोस् ।
  • बुबाको नाम थपिएको नयाँ जन्म प्रमाणपत्रको स्थिति जाँच गर्न, कृपया 614-645-7331 मा कल गर्नुहोस् ।

मृत्यु दर्ता प्रमाणपत्र सच्याउँदा

  • सुरुको विवरण पेस गर्ने दाह संस्कार गृहलाई सम्पर्क गर्नुहोस् ।

स्रोतसाधन र लिङ्कहरू

फ्र्याङ्क्लिन काउन्टी बाहिर, तर ओहायोभित्र भएका मृत्युहरू

ओहायो बाहिर भएका जन्म र मृत्युहरू

पुराना रेकर्डहरू

  • ओहायोमा 1867 देखि डिसेम्बर 20, 1908 सम्मको जन्म र मृत्युसम्बन्धी रेकर्डहरू प्रत्येक काउन्टीको प्रोबेट अदालतद्वारा राखिएको हुन्छ । डिसेम्बर 20, 1908 अघि ओहायोमा भएको जन्म र मृत्युसम्बन्धी रेकर्डका लागि कुनै राज्यव्यापी सूचकाङ्क छैन ।
  • Franklin County Probate Court (फ्रयाङ्कलिन काउन्टी प्रोबेट कोर्ट)
    373 S High St 22nd Floor
    Columbus OH 43215 6311
    फोन नम्‍बर: (614) 525-3894
    कार्यालय खुल्ने समय: बिहान 8:00 – साँझ 5:00 बजे सोमवारदेखि शुक्रवारसम्म

ओहायो जन्म र मृत्यु (सबै काउन्टीहरू) र धर्मपुत्र/पुत्री ग्रहण (मूल जन्म दर्ता प्रमाणपत्र) खोज्ने

  • सम्पर्क: Ohio Department of Health (ओहायो स्वास्थ्य विभाग)
    Bureau of Vital Statistics (जन्म तथा मृत्युसम्बन्धी तथ्याङ्क राख्ने ब्युरो)
    225 Neilston Street
    Columbus, Ohio 43215-0098
    फोन नम्बर (614) 466-2531 वा (614) 466-2532
    थप जानकारी

पितृत्व विवरण

  • Paternity Enhancement Program
    131 N. High Street, Suite 620
    Columbus, OH 43215
    फोन नम्बर: (614) 224-8909 वा 1-888-810-OHIO
    थप जानकारी

सामाजिक सुरक्षा विवरण

  • Social Security Administration
    200 N. High Street, Room 225
    Columbus, OH 43215
    कार्यालय खुल्ने समय: बिहान 9:00 बजेदेखि दिउँसो 4:00 बजे, सोमबारदेखि शुक्रबारसम्म

फ्र्याङ्क्लिन काउन्टीका विवाह र सम्बन्धविच्छेदका रेकर्डहरू यहाँ फेला पार्न सकिन्छ:

  • Franklin County Probate Court (फ्रयाङ्कलिन काउन्टी प्रोबेट कोर्ट)
    373 S. High St. (23rd Floor)
    Columbus, OH 43215-3894
    फोन नम्‍बर: (614) 462-3108

फ्र्याङ्क्लिन काउन्टी बाहिर र ओहायोभित्रका विवाह र सम्बन्धविच्छेदका रेकर्डहरू

राहदानीसम्बन्धी विवरण

Columbus.gov पेजको लिङ्क:

https://www.columbus.gov/publichealth/programs/Birth-and-Death-Records/Birth-and-Death-Records/